
काठमाडौं, ३० फागुन । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा सानदार जित निकाल्दै शीर्षस्थानमा स्पष्ट १५ अंकको अग्रता लिन सफल भएको छ ।
पीएसजीले बोर्डेअक्समाथि ३–० को सहज जित निकालेको हो । स्टार फरवार्डद्धय केलियन एमबाप्पे र नेयमारसँगै लियान्द्रो ड्यानियल पारेडेसले गोल गरेपछि पीएसजी शीर्ष स्थानमा उक्लिन सफल भएको हो ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलमा पीएसजीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थप्दै जित पक्का गरेको थियो ।
जितसँगै शीर्षस्थानमा रहेको पस्एसजीले दोस्रो र तेस्रो स्थानमा रहेको मार्से र निसलाई स्पष्ट १५ अंकले पछि पारेको छ । पिएसजीको २८ खेलबाट ६५ अंक पुगेको छ । समान खेलबाटै मार्से र निसको ५० अंक छ । पराजित बोर्डेअक्स २२ अंक जोडेर पुछारमा रहेको छ ।















प्रतिक्रिया