३ कार्तिक २०८३, मंगलबार

युक्रेनको किएभस्थित रहेको भारतीय दूताबास पोल्याण्ड सर्‍यो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । युक्रेनको राजधानी किएभस्थित भारतीय दूताबासलाई पोल्याण्डमा स्थानान्तरण गरिएको छ ।

युक्रेनमा सुरक्षा अवस्था खराब बन्दै गएपछि भारतले किएभस्थित आफ्नो दूताबास पोल्याण्डमा सार्ने निर्णय गरेको हो । आइतबार भारतको विदेश मन्त्रालयले किएभस्थित दूताबास केही समयका लागि पोल्याण्डमा सार्ने निर्णय गरिएको जनाएको छ ।

‘युक्रेनको पश्चिमी क्षेत्रमा भएका आक्रमणसहित तीव्र रुपमा खराब बन्दै गइरहेको त्यहाँको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै युक्रेनस्थित भारतीय दूताबास केही समयका लागि पोल्याण्डमा स्थानान्तरण गर्ने निर्णय भएको छ’, मन्त्रालयले भनेको छ ।

विकसित हुने थप घटनाक्रम हेरेर आजको निर्णयलाई पुनर्विचार गरिने पनि भारतीय विदेश मन्त्रालयले बताएको छ ।