१४ कार्तिक २०८३, शनिबार

संसदमा पेश भयो महाअभियोग प्रस्ताव, चैत २ गतेसम्म बैठक स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन । आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग पेश भएको छ ।

बैठकमा महाभियोगका प्रस्तावक माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङले महाभियोग प्रस्ताव पेश गरेका हुन् ।

महाभियोग प्रस्ताव पेश भएपछि संसद बैठक चैत २ गतेसम्मको लागि स्थगित गरिएको छ । संसदमा पेश प्रस्तावमाथि आगमी बैठकमा छलफल हुने सभामुख अग्नि सापकोटाले जनाएका छन् ।