१ कार्तिक २०८३, आइतबार

प्रतिनिधिसभा बैठक सुरु, आज पनि एमालेको अवरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २९ फागुन। प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।

बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका छन् । आजको बैठकका लागि दुईवटा कार्यसूची निर्धारण गरिएको छ ।

पार्टीले कारबाही गरेका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदको सूचना टाँस गर्नुपर्ने एमालेको माग छ ।