१४ कार्तिक २०८३, शनिबार

ठगी आरोपमा ठेकेदार अनुप पाण्डे काठमाडौँबाट पक्राउ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । दाङका निर्माण व्यवसायी अनुप पाण्डे ठगी गरेको आरोपमा काठमाडौँबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) टोलीले उनलाई शनिबार काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको हो ।

करिब डेढ करोड रुपैयाँ ठगी गरेको आरोपमा पाढडे पक्राउ परेका हुन् ।

पाण्डेलाई दाङ लैजाने तयारी भइरहेको बताइएको छ ।

घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी पाण्डेले आफूसँग १ करोड ४४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।