१४ कार्तिक २०८३, शनिबार

गठबन्धनले संसदलाई भत्ता खाने थलो बनायो : अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले संसदलाई निकम्मा बनाएर भत्ता खाने थलोका रूपमा मात्र प्रयोग गरिएको बताएका छन् ।

शनिबार काठमाडौँमा नेपाल निजामति कर्मचारी संगठनको ११ औँ राष्ट्रिय अधिवेशनमा ओलीले मुद्दा लडेर ल्याइएको संसदलाई गठबन्धन दलले निकम्मा बनाएको र भत्ता खानेबाहेक कुनै काम हुन नसकेको बताएका हुन् ।

उनले विगतको जनादेश खण्डन भइसकेकाले नयाँ जनादेशमा जानुपर्ने अनिवार्य भएको जिकिर पनि गरे ।त्यस्तै, ओलीले आगामी निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याउने दाबी गरे । एमालेलाई चुनाव जित्नका लागि जनताबाहेक कसैको आवश्यकता नरहेको उनको भनाइ छ । उनले एमालेले चुनाव जित्ने भएकालै नै गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खोजेको तर्क गरे ।

वर्तमान सरकार पाँच न्यायाधीशले नियुक्त गरेको बालुवाको मुला जस्तै भएको टिप्पणी गर्दै जनताको अभिमतबाट उखेलेर मिल्काइदिने उनले बताए ।त्यस्तै उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरू र सरकारमा रहेका मन्त्रीहरूलाई सत्ताको उन्माद लागेको पनि बताए ।

ओलीले एमाले एउटा भेल भएको र भेलमा पस्नेलाई बढारेर लैजाने दाबीसमेत गरेका छन् ।