१४ कार्तिक २०८३, शनिबार

मोरङको झाडीमा भेटिएकी नाबालिकाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

विराटनगर, २८ फागुन । मोरङमा अर्धचेत अवस्थामा फेला परेकी २१ महिने बालिकाको मृत्यु भएको छ ।

शुक्रबार साँझ घरबाट हराएकी सुन्दर हरैचा – ७ घर नजिकैको झाडीमा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको हो ।

उनको शुक्रबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीयका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ ।

बेलुका ४ बजेदेखि हराएकी बालिका घर पछाडि रहेको झाडीमा साढे ५ बजेतिर भेटिए अस्पताल लगिएको थियो ।

बालिकाको योनांगमा गम्भीर चोट भएको अस्पतालले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।