१४ कार्तिक २०८३, शनिबार

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ फागुन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ ५ बजे इच्छाकामना-२ रमाइलोडाँडास्थित भित्री सडकखण्डमा शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश २-०३-००२ प ५९८६ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

मोटरसाइकल सडकबाट ४०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका २ का ३४ वर्षीय नवीन गुरुङ, सोही वडा नं. ३ बस्ने ३० वर्षको प्रतिभा गुरुङ र उनका पाँच वर्षका छोरा ५ का आरोन गुरुङ रहेको प्रहरीले जनाएको छ ।