
काठमाडौँ, २७ फागुन । जबरजस्ती करणीको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पनि पक्राउ परेका छन् ।
जोशीलाई तनहुँबाट शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
शाहको प्रकणरमा मतियारको भूमिका खेलेको भन्दै प्रहरीले जोशीलाई पक्राउ गरेको हो ।
फागुन ११ मा १८ वर्षभन्दा कम उमेरकी गायिकाले अभिनेता शाहले आफूलाई पटक पटक गरेर करणी गरेको आरोपमा किटानी जोहरी दिएकी थिइन् ।
त्यही घटनामा प्रहरीले शाहलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया