१४ कार्तिक २०८३, शनिबार

रामका बा ठोरीका हुन्, दशवटा रथ बनाएर दशरथ भए : अध्यक्ष ओली

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको दाबी दोहोर्‍याएका छन् ।

पोखरामा प्रेस चौतारीको महाधिवेसनलाई सम्बोधन गर्दै उनले भने, ‘रामका बा ठोरीका हुन् । माडी र ठोरीको बीचमा जन्मिएका हुन् । उनले मेसोपोटामियाबाट रथ ल्याएर दशवटा रथ बनाए । उनको नाम नेगीबाट दशरथ बन्यो ।’

उनले अहिलेको युगमा राम राज्यको व्याख्या गरेर खासै स्वाभाविक नहुने बताए।

‘सत्ययुगको व्याख्या गरेर थाक्दैनन् मान्छे । सत्युगमा चोरी हुन्थेन भन्छ । उतिबेला कसैसँग सम्पति भए पो चोर्ने । घर फुटाउथेनन् भन्छन्, घर भए पो फुटाउने ? राम राज्य कस्तो थियो ? कसैलाई थाहा छैन’, उनले भने । सत्ययुग, त्रेतायुग, द्वापर युग कस्तो न थियो भन्ने भ्रमबाट बाहिर निस्कन पनि उनले आग्रह गरे ।