
पोखरा, २७ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई पूर्ण रुपाम स्वीकारेको बताएका छन् ।
शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनका क्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रालाई पूर्ण रूपमा स्वीकारेको बताएका हुन् ।
उनले संविधानले प्रेस स्वतन्त्रता मात्र होइन, मानव अधिकारलाई पनि व्यवस्थित गरेको बताउनुभयो । ‘प्रेस स्वतन्त्रता होइन, अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ,’ उनले भने पीत पत्रकारिता अहिलेको आवश्यकता होइन ।’ अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिनुएका अध्यक्ष ओलीले देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए ।















प्रतिक्रिया