१४ कार्तिक २०८३, शनिबार

बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापनका लागि सरकारले समिति गठन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २७ फागुन । सरकारले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापनले उत्पन्न हुने प्रभाव न्यूनिकरणका लागि उच्चस्तरीय समिति बनाउने भएको छ ।

बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, त्यस क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न पनि सरकार तयार रहेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताएका छन् ।

शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा कार्कीले यस्तो बताएका हुन् ।

साथै कुनै समस्या आएमा समाधानका लागि ‘रÞ्यापिड रेस्पोन्स’ टोली बनाउने पनि निर्णय भएको छ ।

यस्तै, नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा उमेश प्रसाद थानी सुर्खेलाई नियुक्त गर्ने निर्णय भएको छ ।

बंगलादेशको राजधानी ढाकामा आगामी मार्च ८ देखि ११ सम्म हुने एसियाड सम्मेलनमा सहभागी हुनका लागि कृषि तथा पशुपंक्षी मन्त्रालयका सचिव नेतृत्वको टोलीलाई स्वीकृत दिने निर्णय भएको छ ।

साथै मन्त्रीपरिषदलको बैठकले आगामी चैत १४ गते अमेरिकाको राजधानी न्यूयोर्कमा हुने कार्यक्रमका लागि सचिव प्रेमनारायण कँडेललाई सहभागी हुन स्वीकृति दिने निर्णय गरेको छ ।