५ कार्तिक २०८३, बिहिबार

युक्रेनको राजधानी नजिकै पुग्यो रुसी सेनाको लस्कर

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कीएभ, २७ फागुन । युक्रेनमा रूसी फौजको एउटा लस्कर राजधानी कीएभनजिकै तैनाथ भएको छ । भूउपग्रहसम्बन्धी कम्पनी म्याक्सआर टेक्नोलोजिले सार्वजनिक गरेका तस्बिरहरुमा रुसी सेनाको लस्कर देखिएको हो ।

तस्बिरमा रुसी फौजहरु युक्रेनी राजधानीतर्फ अगाडी बढीरहेका छन् । म्याक्सआर टेक्नोलोजिजका अनुसार आसपास नगरका तैनाथी क्षेत्रतर्फ रुसी लस्कर बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

त्यो लस्कर यसअघि एन्टोनोभ विमानस्थलनजिक पश्चिमोत्तर क्षेत्रमा देखिएको थियो। आज रुस युक्रेन युद्धको १६ औं दिन हो । रुसले युक्रेनका चार प्रमुख सहरलाई घेरेको छ भने रुसी सेना राजधानी कीभ नजिक पुगेको छ ।

रुसले युक्रेनले अमेरिकासँग मिलेर जैविक प्रयोगशाला चलाएको आरोप लगाएको छ । –एजेन्सी