७ कार्तिक २०८३, शनिबार

वीरगंजका मेयर सरावगी जसपा छाडेर एमाले प्रवेश गर्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगंज, २७ फागुन । वीरगंज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी नेकपा एमालेमा प्रवेश गर्न लागेका छन्। केही दिन भित्रै जनता समाजवादी पार्टी (जसपा) त्यागेर उनी नेकपा एमाले प्रवेश गर्न लागेका हुन्।

जसपा छाडेर एमाले प्रवेशको औपचारिक घोषणा शनिवार गर्न गइरहेको उनले बताए। सरावगी हाल जसपाको केन्द्रीय सदस्य छन्। मैले एमालेमा जाने बारे सोच बनाई सकेको छु। भोलि नै घोषणा गर्दैछु,’उनले भने।

मेयर सरावगीले पार्टी प्रवेशबारे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलसमेत गरेको बुझिएको छ। मंगलवार सरावगीले ओलीसँग काठमाडौंमा भेट गरेर पार्टी प्रवेश र आगामी स्थानीय तहको निर्वाचनमा एमालेबाट वीरगंज महानगरका मेयर लड्ने विषयमा छलफल गरेको स्रोतको दावी छ।

तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी यसअघि नेपाली कांग्रेसमा प्रवेश गरेर वीरगंजको मयेर लड्ने चर्चा चलेको थियो। तर कांग्रेसको १४ औँ अधिवेशनमा संस्थापन पक्ष विजयी भएपछि उनको कांग्रेस प्रवेश गर्ने बाटो बन्द भएको हो।

जसपामा स्थानीय नेता र कार्यकर्ताहरुले असहयोग गरेको कारण सरावगीले यस पटक अन्य पार्टीबाट स्थानीय तहको निर्वाचन लड्ने सोच बनाएको बुझिएको छ। समय-समयमा उनले यो कुरा सार्वाजनिक रुपमै भन्ने गरेका थिए।

यता, टिकट पाउने आश्वासनमा वीरगंज महानगरपालिकाको मेयरका अर्का प्रत्यासी राजेशमान सिंह यसअघि नै लोकतान्त्री समाजवादी पार्टी (लोसपा)परित्याग गर्दै एमाले प्रवेश गरिसकेका छन्। सरावगी पनि एमाले गएपछि मेयरको टिकट कसले पाउने भन्ने कुरा चासोको विषय बनेको छ।