
काठमाडौँ, २६ फागुन । बिहीबार विहान साढे ७ बजे संखुवासभाको मादी नपाबाट इटहरी जानेक्रममा बा ४ ख ७३५ नम्बरको रेशम फिलिलि बस दुर्घटना परेर १५ जनाको मृत्यु भएकोमा नेकपा एमालेले शोक व्यक्त गरेको छ ।
मादी नपा–६ को सात घुम्ती भन्ने स्थानमा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो भने ५ जना सख्त घाइते भएको घटनाले एमालेलाई स्तब्ध र मर्माहत बनाएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
दुर्घटनामा ज्यान गुमाएका प्रति एमालेले श्रद्धाञ्जली एवम् घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ ।
‘दुर्घटनामा परी मृत्युवरण गर्नुभएका प्रति नेकपा (एमाले) हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सख्त घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछ । साथै, यातायातको संचालन, सडकको दुरावस्थाको अनुगमन र निरीक्षण गरी आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन गम्भीर ध्यानाकर्षण गर्दछ ।’, विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया