१४ कार्तिक २०८३, शनिबार

एमाले निकट कर्मचारी संगठनको अधिवेशन फागुन २८ र २९ गते

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनले ११ औं राष्ट्रिय अधिवेशन यही फागुन २८ गतेदेखि हुने भएको छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै संगठनले फागुन २८ गते एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने जानकारी दिएको हो ।

संगठनले अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको समेत जनाएको छ । संगठनका संयोजक केदारप्रसाद देवकोटाका अनुसार ६१९ जना केन्द्रीय प्रतिनिधिहरू निर्वाचित र अधिवेशन आयोजक समितिका २८२ जनासहित ९०१ जना प्रतिनिधिहरुको अधिवेशनमा सहभागी हुनेछन् ।

उनले भने, ‘सहकारी क्षेत्रबाट ६७ जना र आधिकारिक ट्रेड युनियनबाट १२१ जना प्रतिनिधि र कुल उपस्थिति प्रतिनिधिमध्ये १८२ जना महिला र ७१९ जना पुरुष प्रतिनिधिहरुको सहभागिता रहनेछ ।’ देवकोटाले अधिवेशनलाई सफल पार्न १४ उप–समितिहरु गठन गरी अधिवेशन तयारीका कामहरूलाई व्यवस्थित गरिएको सुनाए ।

११ औं अधिवेशनले कर्मचारीहरूसँग अनिवार्य कार्य सम्पादन सम्झौता ‘जहाँ सरकार, त्यहाँ ट्रेड युनियन’ लगायतका संगठनले लिने आगामी रणनीति र कार्यभारसमेत निर्धारण गर्ने बताइएको छ । अधिवेशनले आगामी ३ वर्षका लागि संगठनको नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्वको चयन मतदानमार्फत नभई सर्वसम्मत हुने कर्मचारीहरुको भनाइ छ ।