७ कार्तिक २०८३, शनिबार

एमाले राष्ट्रियसभा दलको नेता र प्रमुख सचेतक फेरिए

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २६ फागुन । नेकपा एमालेले राष्ट्रियसभा संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरेको छ।

अध्यक्ष केपी शर्मा ओलीले खिमलाल भट्टराईलाई दलको नेता चयन गरेका छन्। यसअघि दलका नेता सुमन प्याकुरेलको पदावधि सकिएपछि प्रमुख सचेतक रहेका भट्टराईलाई ओलीले दलको नेतामा बढुवा गरेका हुन्।

एमाले प्रतिनिधिसभा प्रमुख सचेतक विशाल भट्टराईले भट्टराईको स्थानमा देवेन्द्र दाहाललाई प्रमुख सचेतक चयन गरिएको बताए।