१४ कार्तिक २०८३, शनिबार

नोबेल कलेजको दाबी, ‘अतिरिक्त शुल्क लिएका छैनौँ, विद्यार्थीले भ्रम फैलाए’

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २६ फागुन । विराटनगरस्थित नोबेल मेडिकल कलेजले विद्यार्थीहरूसँग चिकित्सा शिक्षा आयोगद्वारा निर्धारित शुल्कविपरीत शुल्क नलिएको दाबी गरेको छ।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कलेजले यस्तो दाबी गरेको हो। एमबीबीएस अध्ययन गर्नुपर्ने केही विद्यार्थीहरूले कलेजको बारेमा कपोकल्पित र भ्रामक कुरा उल्लेख गरी विभिन्न सञ्चारमाध्यममा अफवाह फैलाएको भन्दै कलेजले यसमा कुनै सत्यता नरहेको जारी विज्ञप्तिमा उल्लेख छ।

‘‘यस कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शीर्षकहरूमा तोकिएको भन्दा कुनै बढी शुल्क माग गरेको छैन,’’ विज्ञप्तिमा भनिएको छ, ‘‘यस प्रकारको भ्रामक सूचना प्रवाह नगर्न विद्यार्थीहरूलाई आग्रह गर्दछौ र यस्तो कपोकल्पित कुरामा विश्वास नगर्नुहुन सबैमा अनुरोध छ।’’

नोबेल मेडिकल कलेज, चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय र शिक्षा मन्त्रालयबिच २०७८ पुस ३० गते भएको लिखित सहमतिलाई अक्षरस पालना गर्न कलेज प्रतिबद्ध रहेको नोबेलले जनाएको छ। यस्तै, विद्यार्थीहरूलाई कलेजमा उपस्थित भई अध्ययन गर्न कुनै बाधा व्यवधान नरहेको पनि नोबेलले स्पष्ट पारेको छ।