
काठमाडौँ, २६ फागुन । पेट्रोलियम पद्धार्थको मूल्य आकाशिएको छ । नेपालमा तेल आयात गर्ने एकाधिकार पाएको नेपाल आयल निगम भारी ऋणमा भएको तथ्यांक सार्वजनिक भएको छ ।
सधैँ घाटामा हुने निगम पछिल्लो समय झन् बढी घाटा भएको जनाउँदै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
यद्यपि तेलको मूल्य उच्च बिन्दुमा बढाउँदा पनि निगमले मासिक ५ अर्बभन्दा बढी घाटा व्यहोरिरहेको जनाइएको छ ।
निगमले संचिती रकम सकिएपछि सरकारबाट रकम लिएर तेल खरिद गरिरहेको छ ।
यसैबीच सरकारले निगमको कार्यकारी अधिकृत चयन गर्ने भएको छ ।
सम्भवत आज बस्ने मन्त्रिपरिषदले यसको टुंगो लगाउने बताइएको छ ।
जसका लागि तीन जना सिफारिस भएका छन् । निगमको कार्यकारी अधिकृतका लागि उमेशप्रसाद थानी, चण्डिकाप्रसाद भट्ट र जीवनप्रसाद सिटौला सिफारिस भएका छन् ।
२५ पौषमा खुल्ला प्रतिष्पर्धाबाट पदपूर्तिको आव्हान गरिएको थियो । उनीहरुमध्येबाट तीनजनाको नाम २५ फागुनमा सिफारिश भएको हो ।
काँग्रेस निकट थानीलाई कार्यकारी निर्देशक बनाउने आन्तरिक तयारी भएको बुझिएको छ ।















प्रतिक्रिया