१४ कार्तिक २०८३, शनिबार

मोटरसाइकल दुर्घटनामा मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गलकोट, २६ फागुन । बागलुङको निसीखोला गाउँपालिकामा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ध २ प १९२१ नंको मोेटरसाइकल दुर्घटना हुँदा निसीखोला–३ का ४२ वर्षीय देवीराम खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिनुभयो ।

झिवाखोलाबाट याङम्याङतर्फ जाने क्रममा गहतेरा खोला नजिकै दुर्घटना भएको हो । मोटरसाइकल सडकबाट करिब २०० मिटर तल खोलामा खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।–रासस