१४ कार्तिक २०८३, शनिबार

सिद्धबाबाको मुद्दाको आगामी चैत १५ मा मात्रै सुनुवाइ हुने

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ फागुन । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दाको अर्को पेशी चैत १५ लाई तोकिएको छ ।

उच्च अदालत विराटनगरले उनको मुद्दालाई आगामी चैत १५ गतेका लागि अर्को पेशी तोकेको छ ।

उच्च अदालत विराटनगरमा रहेको मुद्दाको पेशीमा वुधबारको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलासमा पेस गर्नु’ भन्ने आदेश गरेपछि मुद्दा चैत १५ गतेमा पुगेको हो ।

न्यायाधीश श्रेष्ठले यसअघि सुनसरी जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको थुनछेक आदेशलाई बदर गर्दै थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएका थिए ।

विपक्षीका वकिलहरुको विरोधमा मुद्दाको सुनुवाई पर सरेको हो ।