१४ कार्तिक २०८३, शनिबार

कांग्रेस बचाउन चुनाव चिह्न हरियो बनाउन खोजियोः अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् ।

वुधबार मोरङको रंगेलीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

अध्यक्षले ओलीले मतपत्रमा हरियो नभई रातो रङ राख्नुपर्ने पनि बताए । आयागले आगामी स्थानीय तहको निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने गरेको निर्णयबारे अध्यक्ष ओलीले निर्वाचन आयोगको निर्णय कांग्रेसतिर झुकेको बताए । ओलीले भने, ‘काङ्ग्रेसको बुढो रूख बचाउन निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको छ ।’

त्यस्तै, ओलीले काँग्रेसलाई सुकेको रुखको संज्ञा दिए । ‘सुकेको रुखको कुरा गर्न आवश्यक छैन, पातमात्रै झरेको छैन रूख नै सुकेको छ’ उनले भने ।

त्यस्तै, एमाले फुटाएर गएका माधवकुमार नेपाल नभएपछि एमाले झनै बलियो बनेको पनि ओलीले बताए ।