
काठमाडौँ, २५ फागुन । मोरङको रंगेली नगरपालिकाको मेयर दीलिपकुमार अग्रवाल एमाले प्रवेश गर्ने भएका छन् ।
वुधबार विराटनगरमा आयोजित एक समारोहमा मेयर अग्रवाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दैछन् ।
वुधबार अग्रवालसँगै ५ हजार बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्न लागेको मोरङ एमालेले जनाएको छ ।
अग्रवाललाई एमाले प्रवेश गर्न लागेपछि माओवादी केन्द्रले कारवाही गरेको थियो ।
पछिल्लो समय देशैभर एमाले प्रवेश गर्नेको लहर बढेको छ ।












प्रतिक्रिया