५ कार्तिक २०८३, बिहिबार

आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न बाइडनको आह्वान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण जारी राखेका बेला बाइडनले यस्तो आह्वान गरेका हुन् ।

उनले रुसले किभ कब्जा गरेको खण्डमा आफ्ना नागरिकहरुलाई बचाउनका लागि सेना पठाउन नसक्ने भन्दै तत्काल युक्रेन छाड्न आफ्ना नागरिकलाई आह्वान गरेका हुन् । गत फेब्रुअरी २४ यता युक्रेनमा रुसी हमला जारी छ । रुसी आक्रमणका कारण बीस लाख भन्दा धेरैले युक्रेन छाडिसकेका छन् ।