
रुसले युक्रेनमा आक्रमण गरेको १४ दिन भइसकेको छ । रुसी सैनिकहरू राजधानी किएभ नजिक तैनाथ भइरहेका छन् । उनीहरूलाई थप बलियो बनाउनका लागि विदेशी बलहरू पनि उल्लेख्य मात्रामा ल्याइएको छ ।
पश्चिमले उपलब्ध गराएको घातक सहयोग पाएका जगेडा युक्रेनी सैनिकहरूलाई नियमित सैनिकसँग पूर्ण एकाकार गर्न युक्रेनले कोशिश गरिरहेको छ । त्यसलाई रोक्न रुसी सेनाले तीव्र गतिमा कारवाही चलाउनुपर्ने भएको छ ।
यसका लागि रुसीहरूले सुमी नियन्त्रणमा लिनुपर्नेछ, इजियमलाई सुरक्षित पार्नुपर्नेछ, सिएभीरोदोन्स्क कब्जामा लिनुपर्नेछ र ओडेसा हात पार्नुपर्नेछ । यी लक्ष्य हासिल गर्नका लागि केन्द्रित भएर कारवाही चलाएमा यो युद्ध पूर्णतः रुसको नियन्त्रणमा पुग्नेछ ।
युक्रेन सेनाले पाएको घातक सहयोग देशभरिका इकाइलाई वितरण गरिनेछ तर समय उनीहरूको पक्षमा छैन । जगेडा सैनिक र विदेशी स्वयंसेवी सैनिकलाई पूर्ण तालिम दिन समय लाग्छ । –एजेन्सी















प्रतिक्रिया