१४ कार्तिक २०८३, शनिबार

सुर्खेतमा मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ फागुन । सुर्खेतमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते भएका छन् । गए राति करिब साढे १२ बजे भे २ प २९३४ नम्बरको मोटरसाइकल वीरेन्द्रनगर नगरपालिका–१०, रहरपुरमा अनियन्त्रित भएर पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक वीरेन्द्रनगर नगरपालिका–७ का १९ वर्षीय चन्द्रबहादुर सिंजालीको मृत्यु भएको हो । उनको उपचारका क्रममा कर्णाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जनाइएको छ ।

अर्का घाइते वीरेन्द्रनगर नगरपालिका–१२ का २१ वर्षीय बलबहादुर कामीको अवस्था मध्यम छ । उनको सोही अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।