१४ कार्तिक २०८३, शनिबार

चावहिलको सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन काठमाडौँ महानगरपालिका–६ चाबहिलस्थित गोपीकृष्ण हलको पछाडि रहेको सिरक डसना बनाउने ठाउँमा भीषण आगलागी भएको छ ।

मंगलबार बेलुका ८ बजे सरस्वतीनगरमा रहेको सिरक डसना बनाउने ठाउँमा आगलागी भएको हो ।

आगो टहरबाट सल्केको प्रहरीले जनाएको छ । आगलागीले वरिपरिका घरहरुमा पनि क्षति पुगेको जनाइएको छ ।

चार वटा दमकलको सहयताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागीले भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ ।