१४ कार्तिक २०८३, शनिबार

नयाँ जनादेशका लागि महिलाले जागरण ल्याउनुपर्छः अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न महिलाले एक पटक पुनः राष्ट्रिय जागरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घको आयोजनामा आज आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले गत निर्वाचनको जनादेशलाई अपमान गर्ने काम भएकाले नयाँ जनादेशमा जानुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले नेपाली महिलाहरूले इतिहासमा लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको सङ्घर्षपूर्ण भूमिकाको प्रशंसा पनि गर्नुभयो । –रासस