१ कार्तिक २०८३, आइतबार

न्यायाधीशहरूले संविधान हेर्न छाडेः अध्यक्ष ओली

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको बताएका छन् ।

मंगलबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बसन्तपुरमा एमाले निकट भ्रातृ संगठनले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकार परिवर्तन गर्नेगरी परमादेश दिएकोप्रति आक्रोशित हुँदै अध्यक्ष ओलीले न्यायाधीशहरूले संविधान हेर्न छोडेको बताए ।

‘हाम्राविरुद्धका परमादेशहरु जनादेशबाटै सच्याउन सकिन्छ । श्रीमानजीले संविधान हेर्न छोड्नुभयो । श्रीमानले कानुन हेर्र्न छोड्नुभयो । श्रीमानले के हेर्या होे ?,’ ओलीले भने, ‘उहाँहरु त मान्छेको उद्देश्य हेर्न थाल्नुभयो । यो समृद्ध नेपाल, सुखी नेपाली भनेर भन्न पाइन्छ भन्ने उहाँहरुलाई चिन्ता छ ।’