१४ कार्तिक २०८३, शनिबार

नेपाल खेलकुद महासंघले यसरी मनायो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४फागुन । नेपाल खेलकुद महासंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अवसरमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

“दिगो भविष्यका लागि लैंगिक समानता” भन्ने मूल नाराका साथ मनाईएको यस वर्षको महिला दिवसका दिन महासंघले काठमाडौँमा र्याली प्रदर्शन गरेको छ । महासंघका अध्यक्ष कृष्ण बस्नेत (पर्शुराम) को नेतृत्वमा भृकुटीमण्डपबाट शुरु भएको र्याली बसन्तपुर पुगेर सभामा परिणत भएको थियो ।

सो सभामा महासंघले विभिन्न खेल कौशल प्रदर्शनी गरेको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यता तथा अखिल नेपाल महिला संघको मूल आयोजनामा भएको उक्त कार्यक्रममा आत्मरक्षा र फिजीकल फिटनेस सम्बन्धी सिप देखाईएको हो ।

खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न

महासंघको मकवानपुर जिल्ला कमिटीले हेटौंडामा “समानताका लागि दौड” भन्ने मूल नाराका साथ खुल्ला महिला दौड प्रतियोगिता सम्पन्न गरेको छ ।३ किलोमिटर दुरीलाई १२ दशमलब ४३ सेकेण्डमा पार गर्दै अमृता मोक्तान प्रथम स्थान हासिल गर्न सफल भईन ।

अमृताले १० हजार नगद पुरस्कार समेत प्राप्त गरिन् । त्यसैगरी रितिका तिमिल्सना १२ दशमलब ५४ सेकेण्डमा दौड सम्पन्न गर्दै दोश्रो स्थानमा रहँदै ७ हजार नगद प्राप्त गर्न सफल भईन ।

४८ जना धावकले प्रतिष्पर्धा गरेको उक्त प्रतियोगितामा १३ दशमलब २३ सेकेण्डमा लक्ष्यमा पुगेकी लक्ष्मी थिङ तेश्रो हुँदै ४ हजार नगद हासिल गर्न सफल भइन् ।

बागमती प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री जुनेलीमाया श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न दौड कार्यक्रममा महासंघका महाधिवेशन आयोजक कमिटी सदस्य धरम बहादुर लामा तथा मकवानपुर जिल्ला अध्यक्ष सविन मुक्तान लगायतको सम्बोधन गरेका थिए ।