
कैलाली, २४ फागुन । बैतडीको दोगडाकेदार गाउँपालिका कमिटी उपाध्यक्ष नरेन्द्र कार्कीसहित विभिन्न पार्टीका १०५ जना एमाले प्रवेश गरेका छन् । कार्की माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसमेत हुन् ।
नेकपा एमाले दोगडाकेदार गाउँ कमिटीले आज आयोजना गरेको स्थानीय निर्वाचनकेन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा उनीहरूलाई प्रवेश गराइएको हो ।
गाउँपालिका कमिटी सचिव कमल भुलका अनुसार उपाध्यक्ष कार्कीको नेतृत्वमा ४२ जना, विप्लव नेतृत्वको नेकपा जिल्ला कमिटी सल्लाहकार अकबरको नेतृत्वमा १८ जना, नेविसंघ दोगडाकेदारका अध्यक्ष केशवराज जोशीको नेतृत्वमा २२ जना, युवाउद्यमी सुरेन्द्र भाट, राष्ट्रिय प्रजातन्त्र पार्टीका बहादुर सिंह भाट, समाजसेवी हर्कबहादुर चन्दलगायत छन् ।
यसअघि बैतडीमै ३ वडाध्यक्षसहित १५६ जना एमालेमा प्रवेश गरेका थिए ।












प्रतिक्रिया