५ कार्तिक २०८३, बिहिबार

चर्निहिभलाई घेराबन्दी गर्दै रुसी सेना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुसी सैनिकहरूले चर्निहिभ शहर र प्रान्तलाई लगभग घेराबन्दी गरिसकेको सैन्य विश्लेषकहरूले बताएका छन् । त्यहाँबाट भाग्नका लागि युक्रेनी बल र नागरिकहरूका लागि साँघुरो ग्याप मात्र बाँकी छ । त्यो ग्याप किएभतर्फ जान्छ । किएभलाई चारैतिरबाट घेराबन्दी गर्ने प्रक्रिया लगभग पूरा भएको छ ।

पूर्वतर्फ रुसीहरूले सुमी शहर र प्रान्तलाई पनि घेराउ गर्ने प्रयास गरिरहेका छन् । रुसी सैनिकहरू पूर्वतर्फ पश्चिमतर्फ अलिकति अगाडि बढेका छन् । सुमी प्रान्तको उत्तरी भाग पहिलेदेखि नै रुसको नियन्त्रणमा छ ।

युक्रेन सेनाले निकै कठिन विकल्प छान्नुपर्ने भएको छ । उसले त्यस्तो निर्णय छिटो गर्नुपर्नेछ । त्यसो नगर्दा युक्रेनी सैन्यबल घेराबन्दीमा परेर महत्त्वपूर्ण हतियार प्रणालीबाट समेत वञ्चित हुनेछन् । उनीहरूलाई एन्टी ट्यांक क्षेप्यास्त्र र एम्मुनिसनको आपूर्ति पनि हुने छैन ।

त्यस्तो अवस्थामा उनीहरू युद्ध गर्न असमर्थ हुनेछन् । त्यसपछि युक्रेनी सैनिकहरू भूमिगत हुन सक्नेछन् र गुरिल्ला युद्ध गर्न सक्नेछन् । किएभको प्रतिरक्षाका लागि परम्परागत युद्ध गर्ने विषयमा जेलेन्स्की गम्भीर छन् भने उनले घेराबन्दीमा पर्न लागेका सैनिकहरूलाई फिर्ता बोलाउनुपर्छ । –एजेन्सी