१४ कार्तिक २०८३, शनिबार

जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dgfªdf :ofpv]tL
dgfªsf] e|ftfªudf Pu|f] dgfª k|flnn] &%) /f]kgL If]qkmndf u/]sf] pGgt hftsf] Jofj;flos :ofpv]tL . oxfF ufnf, uf]N8]g / km’hL hftsf :ofpsf] v]tL ul/Psf] 5 . tl:a/ M /f]zg ;fksf]6f, /f;;

खलङ्गा, २४ फागुन । जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् ।

असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भन्नुभयो, “मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।”

उहाँका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ । कर्णालीका अन्य जिल्लाका दुई हजार ४८ स्याउ किसानले दाबी भुक्तानी पाएको उहाँको भनाइ छ । कर्णालीमा यो वर्ष क्षतिपूर्तिबापत रु चार करोड ४७ लाख दाबी भुक्तानी दिएको सो कम्पनीले जनाएको छ ।

मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् । एउटा बिरुवाको रु ४२ मा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ ।

फागुनदेखि चैत १५ गतेसम्म किसानले बीमा गराई सक्नुपर्नेछ । मौसमी स्याउ बीमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध दिने गरेको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ ।

प्रमुख ऋषिराम पाण्डेका अनुसार कर्णालीमा २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम सुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् । असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । पाँच बिरुवा हुने किसानले रु एक हजार र २५० बिरुवा हुनेले ५० हजार क्षतिपूर्ति पाएको उहाँको भनाइ छ ।

यहाँका किसानले वर्षेनी स्याउ बीमा नवीकरण गर्छन् । जुम्लामा वर्षेनी खडेरी र असिना पर्ने भएकाले यसबापत किसानले क्षतिपूर्ति पाइराखेका छन् । स्याउ बीमा गर्दा उत्पादन नभए पनि बीमास्वरुप क्षतिपूर्ति पाउने भएकाले स्याउखेती बीमा गर्न किसान लागि परेका हुन् ।

स्याउखेती बीमाले कर्णालीमा स्याउखेती गर्न किसानलाई उत्साहित बनाएको छ । जलवायु परिवर्तनका कारण एकै खालको मौसम नहुने भएकाले स्याउ बीमा गर्न किसान आकर्षित भइरहेको प्रमुख पाण्डेको भनाइ छ । –रासस