५ कार्तिक २०८३, बिहिबार

युरोपमा ग्यास आपूर्ति रोक्ने रुसको धम्की, तेलको मूल्य प्रतिब्यारेल ३०० डलर पुग्ने चेतावनी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मस्को, २४ फागुन । रुसले युरोपमा ग्यास र तेलको निर्यात रोक्ने धम्की दिएको छ । रुसले पश्चिमा मुलुकले रुसी तेल आयातमा प्रतिबन्ध लगाए जर्मनीसँगको मुख्य ग्यास पाइपलाइन बन्द गर्ने चेतावनी दिएको हो ।

रुसी उपप्रधानमन्त्री अलेक्जेन्डर नोभोकले यस्तो कदमले विश्वव्यापी आपूर्तिमा ‘विनाशकारी परिणाम’तर्फ डोर्‍याउने र तेलको मूल्य अहिलेको भन्दा दोब्बर प्रतिब्यारेल ३०० अमेरिकी डलर पुग्न सक्ने बताए ।

अमेरिकाले युक्रेनमा आक्रमण गरेकोमा रुसलाई सजाय दिने उपायका रूपमा सहयोगीहरूसँग सम्भावित प्रतिबन्धको खोजी गरिरहेको छ । तर, जर्मनी र नेदरल्यान्ड्सले सोमबार उक्त प्रस्तावलाई अस्वीकार गरेका थिए । ईयूले ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेल रुसबाट आयात गर्छ र यदि आपूर्ति अवरुद्ध भयो भने उसका लागि कुनै सजिलो विकल्प छैन ।

नोभोकले दुई देशबीचको दोस्रो नर्ड स्ट्रिम पाइपलाइनका लागि प्रमाणीकरण रोक्ने जर्मनीको गएको महिनाको निर्णयलाई औँल्याउँदै रुससँग बदला लिने अधिकार रहेको बताए । –बीबीसी र अलजजिराबाट