१४ कार्तिक २०८३, शनिबार

भक्तपुरमा अर्धनग्न अवस्थामा महिलाको शव फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, २४ फागुन । चाँगुनारायण नगरपालिका–६ बागेश्वरीमा जस्तापाताको टहरीभित्र एक महिलाको शव फेला परेको छ। तरकारी खेती हुँदै आइरहेको जग्गामा निर्माण गरिएको टहरामा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–९ की जेनिशा नगरकोटीको शव सोमवार राति फेला परेको हो।

जेनिशाको घाँटी अगाडिको भागमा गहिरो चोटका साथै शरीरको अन्य भागहरूमा समेत काटेको चोट रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले बताए। शव अर्धनग्न अवस्थामा फेला परेको हो।

मृतकको शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ।