१४ कार्तिक २०८३, शनिबार

सुमोको ठक्करबाट दुई जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, २४ फागुन । महोत्तरीको औरही नगरपालिका–४ कठुधारमा सोमबार बेलुकी टाटासुमोको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक गौशाला नगरपालिका–२ का २२ वर्षीय संजित मण्डल र पछाडी सवार सम्सी गाउँपालिका–१ पर्साका १२ वर्षीय धिरज मण्डल रहेका छन् ।

गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा जलेशवर स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।