१ कार्तिक २०८३, आइतबार

एएसबिसी एसियन युथ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । जोर्डनको अम्मानमा जारी एएसबिसी एसियन युथ बक्सिङ च्याम्पियनसिपमा नेपालका इन्द्रबहादुर सुनार पराजित भएका छन् ।

पुरुष ६० केजीतर्फ क्वार्टरफाइनलअन्तर्गत सोमबार राति भएको खेलमा इन्द्र कीर्गिस्तानका ओरोजबेकोभ अल्माजसँग पराजित भएका हुन् । उनी पहिलो चरणमा बाइ पाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । योसँगै च्याम्पियनसिपमा नेपालको चुनौती पनि समाप्त भएको छ ।

यसअघि पुरुषको ५४ केजीतर्फ छिरिङ वान्ग्दी शेर्पा उज्बेकिस्तानका अब्दुभाली बुरिबोएभसँग तथा महिला ५२ केजीतर्फ स्वस्तिका तिरुवा भारतीय खेलाडी याकसिकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।