१४ कार्तिक २०८३, शनिबार

बाँकेमा मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ फागुन । बाँकेमा मोटरसाइकलको ठक्करबाट एक प्रहरी हवल्दारको ज्यान गएको छ । गएराति नेपालगञ्ज उप–महानगरपालिकाको राँझा चोकमा कोहलपुर तर्फ जाँदै गरेको भे.१० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा खटिएका प्रहरी हवल्दारलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट हवल्दार भुपेन्द्र बहादुर शाहीको ज्यान गएको जनाइएको छ । यस्तै मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका जवान नरेश चौधरी घाइते भएका छन् ।