
काठमाडौं, २४ फागुन । नेकपा (एमाले) का सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै चुनाव लड्ने घोषणा गरेका छन् ।
उनले सबै दल मिलेर गठबन्धन बनाएर चुनाव लडे पनि एमालेको विजय कसैले रोक्न नसक्ने दाबी गरेका छन् । आगामी तीनै तहको निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने दाबी उनको छ ।
‘एमालेले निर्वाचनमा गठबन्धन बनाउने सोचेको छैन् । अहिलेसम्म हामीले एक्लै निर्वाचनमा जाने सोच बनाएका छौं,’ उनले भने, ‘एमालेको लोकप्रियता जनताको बीचमा छ । एमालेले सरकारमा हुँदा देश र जनताको लागि जुन काम गरेको थियो, ती काम लिएर हामी जनताको बीचमा जान्छौं । हामीले गरेका कतिपय कामको कारण जनताको बीचमा एमाले लोकप्रिय छ । २०७४ को निर्वाचनमा झैं जनताले विश्वास गरेर हामीलाई जिताउनेछन् ।’
अहिलेको सत्ता गठबन्धन सबै मिलेर आए पनि एमालेलाई खास फरक नपर्ने महासेठको भनाइ छ । एमालेको २०७४ सालको निर्वाचनको भन्दा बढी नै सीट आउने उनले बताएका छन् ।















प्रतिक्रिया