७ कार्तिक २०८३, शनिबार

जनजागरणमा धौलागिरी जागरण दैनिकको भूमिका महत्वपूर्ण : पूर्वप्रधानमन्त्री ओली

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २४ फागुन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङद्वारा प्रकाशित धौलागिरी जागरण दैनिकले १५औं वार्षिकोत्सव सोमबार पोखरामा मनाएको छ ।

वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनजागरणमा जागरण दैनिकको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । उनले सहकारीमार्फत डेढ दशक अघिदेखि प्रकाशन गरेको पत्रिकामार्फत स्थानीय स्तरमा खेलेको भूमिकाले समाज बदल्न सहयोग मिलेको पनि बताए ।

समाजको हर परिवर्तनका लागि पत्रकारिताको भूमिका अपरिहार्य भएको उल्लेख गर्दै ओलीले पत्रकार जिम्मेवार हुनुपर्ने आवश्यकता औंल्याएका छन् । सहकारीमार्फत संस्थागत रूपमा सञ्चार माध्यम सञ्चालन गरेर उदाहरणीय कार्यको प्रयास भएको र आगामी दिनमा कुनै लहडमा नभई तथ्यमा पुगेर पत्रकारितालाई निरन्तरता दिन ओलीले आग्रह गरेका छन् ।

सहकारी नेपालको अर्थतन्त्रको एक महत्वपूर्ण खम्बा भएकाले सहकारीलाई उद्देश्यमा केन्द्रित गरेर सञ्चालन गर्न सके समाज र देशले गति लिन सक्ने ओलीको भनाइ थियो ।

कार्यक्रममा आदर्श सञ्चार सहकारी संस्थाका सम्पादक तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले संस्थागत रूपमा जिल्लास्तरमा धौलागिरी जागरण दैनिक, अग्रसर साप्ताहिक प्रकाशन गरिएको र प्रविधिको तीव्रत्तर विकाससँगै प्रादेशिक स्तरमा आदर्श सञ्चार डट कम सञ्चालन गरिएको जानकारी दिए ।

त्यस्तै आदर्श सञ्चार सहकारी संस्थाकी अध्यक्ष हुमाकुमारी जिसी ‘अञ्जु’ले सहकारीले सञ्चार क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्दै आएको र आगामी दिनमा गण्डकी प्रदेशको राजधानी पोखराबाट सेवा दिने उद्देश्य रहेको बताइन् ।

२०६३ फागुन २३ गतेदेखि प्रकाशित धौलागिरी जागरणले आफ्नो सहप्रकाशनका रूपमा अग्रसर साप्ताहिक, आदर्श सञ्चार डटकम सञ्चालन, धौलागिरी टेलिभिजनमा समेत सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारीले जनाएको छ ।