
काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनपछि मात्रै पार्टीको पदाधिकारी चयन गर्ने भएको छ ।
माओवादीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो ।
गत पुसमा भएको पार्टीको महाधिवेशनबाट आफू अध्यक्ष चुनिएपनि पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने बताएका थिए ।
तर पार्टीमा विवाद देखिएपछि अब चुनावपछि मात्रै चयन गरिने भएको छ ।
शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कमिटिको बैठकमा पदाधिकारी चयनबारे केही पनि छलफल भएको छैन ।
माओवादीले पदाधिकारीमा आकांक्षी धेरै भएकाले निर्वाचनपछि मात्रै पदाधिकारी चयन गर्ने भएको हो ।












प्रतिक्रिया