
काठमाडौँ, २३ फागुन । बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग घुस लिने नेपाल विद्युत् प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा पाटन ललितपुर सव-स्टेशनका प्रमुख सुपरभाइजर सोमप्रसाद पहाडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप पत्र दायर गरेको छ ।
अख्तियारको टोलीले पहाडीलाई बिजुलीको पोल सार्नको लागि सेवाग्राहीसँग एक लाख चालीस हजार रुपैयाँ लिइसकेको अवस्थामा गत मङ्सिर २९ गते नियन्त्रणमा लिएको थियो ।
जीर्ण भएको काठको पोल बदली गर्नका लागि लाग्ने खर्च व्यहोर्ने दायित्व प्राधिकरणको हुँदा हुँदै पनि बिजुलीको पोल सार्न सेवाग्राहीसँग घुस लिएको आयोगको अनुसन्धानबाट पुष्टि भएको थियो ।












प्रतिक्रिया