
काठमाडौं, २३ फागुन । किराँत धर्मगुरु निजीगुरु आश्रमले प्रदेश १ को नामाकरण ‘सगरमाथा किराँत’ राख्न सुझाव दिएको छ ।
हिजो आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी आश्रमले सो सुझाव दिएको हो । प्र्रदेश १ को लिम्बुबान, खम्बुवान, कोशी, किराँत प्रदेश, सगरमाथा प्रदेश भन्दा सिंगो देशको आत्मसम्मान हुने ‘सगरमाथा किराँत’ नाम राख्न उपयुक्त हुने तर्क आश्रमको छ ।
२०७८ कात्तिक २५ गते सोह्रौ राष्ट्रिय विभुति महागुरु फाल्गुनन्दको १३७औं जन्मजयन्तीको अवसरमा पुनः अवतार मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेइङ’को हस्त बाहुलीबाट मोरङको केराबारी माङहिम परिसरमा निर्मित फाल्गुनन्द प्रतिमा अनावरणलगायत कार्यक्रममा गुरुबाट यस्तो सन्देश आएको आश्रमले जनाएको छ ।
किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन ‘सेईङ’का निजी गुरु प्रवक्ता डिल्लीराम चाम्लिङले प्रदेश नं. १ को नामकरण सगरमाथा किराँत प्रदेश गर्न माग गरे । सरकारले गुरुहरुको विचारलाई पनि कदर गर्नपर्ने उनले धारणा व्यक्त गरे । धर्मगुरुले भौगोलिक र आध्यात्मिक आधारले प्रदेशको नाम तय भएको उनले सुनाए ।















प्रतिक्रिया