
काठमाडौं, २२ फागुन । लामो समय देखि अस्ट्रेलिया बस्दै आएका अभिनेता पुकार गौतम अभिनित चलचित्र ‘पर्पला’ प्रदर्शनको पर्खाइमा रहेको छ ।
मनोज अधिकारीले निर्देशन गरेको चलचित्र ‘पर्पला’ को सम्पूर्ण छायाँकन अस्ट्रेलियामा सम्पन्न भएको हो । अस्ट्रेलियामा नै बसोबास गर्दै आएका गौतमले यस अघि चलचित्र ‘झिल्के’ र ‘ह्यापी न्यु इयर’मा काम गरेका थिए ।
चितवनमा जन्मिएका गौतमले १० बर्ष अघि बिज्ञापनबाट कला क्षेत्रमा प्रवेश गरेका हुन् । उनले थुप्रै बिज्ञापन तथा तिन वटा चलचित्रमा काम गरि सकेका छन् । हरर जनराको चलचित्र ‘पर्पला बाट गौतम निकै नै आशावादी छन् ।
केहि समयअघि चलचित्र ‘पर्पला’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको थियो । कुराकानीको क्रममा आफुले मेहनत गरे अनुसार चलचित्र राम्रो बनेको र ‘पर्पला’ को टिम राम्रो बनेको गौतमले बताए ।
‘पर्पला’को प्रदर्शन पश्चात आफ्नो अभिनय क्षमतालाई मुल्यांकन गरेर अरु निर्माताहरुले आफुलाई अफर गरेमा समय मिलायर नेपाल आएर पनि काम गर्न सकिने उनले बताए । अस्ट्रेलिया रहेर पनि नेपाली कला क्षेत्रको मोहलाइ बिर्सन नसकेको उनि बताउछन् । रोमान्टिक जनरामा नै आफुलाई फिट लाग्ने उनि बताउँछन् ।
आफ्नो कामको समय मिलायर नियमित नेपाली चलचित्र हेर्ने गरेको उनि बताउँछन् । निरन्तर नेपाली चलचित्रमा काम गर्ने उनको योजना रहेको छ । अस्ट्रेलिया नगई नेपालमा नै बसेको भए नेपाली कला क्षेत्रमा आफ्नो एउटा छुट्टै पहिचान बन्न सक्थ्यो उनको । उनि आफ्नो दाजुबाट प्रभावित भएर कलाकारितामा लागेको बताउँछन् । भबिस्यमा आफु पनि चलचित्र मेकिङ्गमा लाग्ने उनको योजना रहेको छ ।
निर्माता तथा कलाकार भानु प्रतापको निर्माणमा बनेको चलचित्र ‘पर्पला’मा गौतमको साथमा निखिला बुढाथोकी, रोजी पन्त, अष्ट्रेलियन कलाकार ओल्गा तमरा लगायत कलाकारको अभिनय रहेको छ ।
अस्ट्रेलियन छायाँकार कास्मिर डिक्सनले छायाँकन गरेको चलचित्रको सम्पादन सुरेन्द्र पौडेलले गरेका हुन् । रबिन्द्र कुमार शर्मा, डम्बर बहादुर रसाइली, छबी अधिकारी सरोज कुमार वाइबा निर्माता रहेका छन् । सरस्वती गौतम, शृजना ल्वागुन, भिम राज रसाइली, वचन कुमार मल्ल चलचित्रको सह निर्माता रहेका छन् ।















प्रतिक्रिया