१५ कार्तिक २०८३, आइतबार

थप ९१ जनामा कोरोना, ३६२ निको

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौँ, २१ फागुन । नेपालमा पछिल्लो २४ घण्टामा ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ९१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २ हजार ६६२ पीसीआर र एन्टिजेन विधिबाट ३ हजार ५५८ एन्टिजेन परीक्षण गरिएकोमा ९१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ११ लाख १६ हजार ९७८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३८५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ९ लाख ५८ हजार ५५५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ जना रहेको छ ।

थप २ लाख ८६१ जनाले खोप लगाएका छन् । हालसम्म करिब डेढ करोड बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९४५ जना पुगेको मन्त्रालयले जनाएको छ ।