बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

यदु स्मृती प्रतिष्ठानको कार्यक्रममा माओवादीको अवरोध, दुई जना घाईते

दैनिक नेपाल २०७८ फागुन २१ गते १५:१६

रूकुम (पश्चिम), २१ फागुन । २१ औं यदु स्मृती प्रतिष्ठानको कार्यक्रम भैरहेको रूकुम पश्चिमको चौरजहारीमा कार्यक्रम स्थल तर्फ आईरहेका सर्वसाधारणलाई माओवादी केन्द्रका कार्यकर्ताले बाटोमै रोकेर कुटपिट गरेका छन् ।

माओवादी कुटपिटबाट लक्ष्य ओली र शशिराम सार्की घाईते भएका छन् ।

एमालेका सचिवका रूपमा क्रिशाशिल यदु गौतमलाई तत्कालिन माओवादीले २०५५ साल फाल्गुण २१ मा रूकुमको गरायलामा घटी रेटेर हत्या गरेको थियो ।

उनै गौतमको सम्झनामा हरेक बर्ष फाल्गुण २१ गते यदु स्मृती प्रतिष्ठान मार्फत स्मृती दिवस तथा पत्रकारिता पुरस्कार वितरण कार्यक्रम गरेदै आएको छ। यसै अन्तरगत चौरजहारीको यदु स्मृती पिपल चौतारीमा कार्यक्रम जारी रहेको छ।

कार्यक्रमका सहभागीहरूलाई माओवादी कार्यकर्ताले अहिलेपनि रोकिराखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित