१५ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री देउवाले चुच्चे नक्सा गायव पार्नुभयो: सुवास नेम्वाङ

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

 

काठमाडौँ, २१ फागुन । नेकपा (एमाले) का उपाध्यक्ष सुवाष नेम्वाङले सरकारले नै नेपालको चुच्चे नक्सा गायब बनाएको बताएका छन् ।

शनिबार प्रेस चौतारी नेपाल, बागमती प्रदेश, प्रतिष्ठान र एशोसिएटले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेको सरकारले निकै दु:ख गरेर आफ्नो गुमेको भूमिसहित तयार पारिएको नक्सा गायब गरेको उनले बताए ।

नेम्वाङले भने, ‘यो देशको राष्ट्रियताको सन्दर्भमा लडाई लड्ने सिलसिलामा लिपुलेक, लिम्पियाधुराको चुच्चे नक्शा हामीले बनायौं । यो कम ठूलो कुरा थियो ? कम्ति चुनौती थियो यसमा ? एउटै कुराबाट थाहा हुन्छ, यो पछिल्लो सरकारले हामीले सरकारको १०० दिनको काम सार्वजनिक गर्ने बेलामा सार्वजनिक गरेको चुच्चे नक्शा गायब बनाएको छ । यो सरकारले सय दिनको काम सार्वजनिक गर्ने बेलामा हेर्नुस् त ? त्यहाँ नेपालको लोगो छ । तर लिपुलेक, लिम्पियाधुरा सहितको चुच्चे नक्शा गायव छ । अब हाम्रो लागि र नेपाली जनताको लागि त्यो चुच्चे नक्सा कति प्रिय छ ? तर प्रधानमन्त्री शेरबहादुर देउवाले सो नक्सा नै गायव पार्नुभयो ।’

त्यस्तै, नेम्वाङले सत्तारुढ दलहरु भित्रभित्रै स्थानीय तहको निर्वाचन पछि धकेल्ने खेलमा लागिपरेको आरोप लगाएका छन् ।आफ्नो पार्टीको जोडबलका कारण घोषणा गरिएको स्थानीय तहको निर्वाचन पनि पछि सार्ने खेल खेलिरहेको बताएका हुन् ।

उपाध्यक्ष नेम्वाङले प्रचण्ड, माधव नेपालहरुप्रति संकेत गर्दै केही साथीहरु निर्वाचन भनेपछि किन डराउछन् ? भनि प्रश्न समेत गरे । उनले भने, ‘केही साथीहरु किन जनतामा जानेभन्दा डराउँछन् ? प्रतिगमन भन्छन् । जनतामा जाने भनेको डराउँछन् । भरसक जनतामा जाने मिति पर सार्छन् । यहाँहरुलाई थाहा छ– त्यसैले म दोहोर्याउन्न चाहन्न । बल्लबल्ल तपाईँ–हामीले लडेर स्थानीय तहको निर्वाचनको मिति तोकाएका छौं । तर अहिले पनि भित्रभित्र खेलोफड्को भइरहेको छ ।’