बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

अस्थिर राजनीतिको पर्याय माओवादी हो: इन्द्र भण्डारी

दैनिक नेपाल २०७८ फागुन २१ गते १५:०१

काठमाडौँ, २१ फागुन । नेकपा एमालेको सम्पर्क मन्च समितिका सचिव इन्द्र प्रसाद भण्डारीले अस्थिरताको पर्यायका रूपमा नेकपा माओवादी केन्द्र रहेको बताएका छन् ।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दोहोरो चरित्रका कारण अहिले समस्याहरु आएको टिप्पणी गरे ।

एमसीसीलाई विहान राष्ट्रघाती भन्ने अनि बेलुका पारित गर्न तयार के कारणले सम्भव भयो भनी प्रश्न गरेका छन् ।

शनिबार कोटेश्वरमा झापा-काठमाडौं सम्पर्क मन्चको ११ औं जिल्ला सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै भण्डारीले एमालेले मात्रै देश र जनताको हितमा कार्य गरेको उल्लेख गरेका छन् ।

उनले अहिले सरकारका कारण कुटनीतिक सम्बन्ध बिग्रन थालेको समेत बताए । शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेसँगै देशको अर्थतन्त्र धराशायी बनेको बताए ।

उनले एमालेले नै देशमा राम्रा काम गर्न खोजेको र अब पनि निर्वाचनबाटै पुनः एमाले सरकारमा आउने भण्डारीको भनाइ छ ।

 

प्रतिक्रिया
सम्बन्धित