बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

अब जित्नको लागि अघि बढ्नु छ: लालबाबू पण्डित

एसपी उप्रेती  २०७८ फागुन २१ गते १४:२८

-एसपी उप्रेती 

काठमाडौँ, २१ फागुन । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् सम्पर्क मन्च समन्वय समितीका इन्चार्ज लालबाबू पण्डितले एक पटक हार हुँदा हार मान्न नहुने बताएका छन् ।

शनिबार कोटेश्वरमा झापा-काठमाडौं सम्पर्क मन्चको ११ औं सम्मेलनको उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहेका पण्डितले अब समय खेर नफाली जित्ने अभिलाषाका साथ अघि बढ्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा भूगोलमा आवश्यक तयारी गर्न आग्रह गरे ।

उनले जति गठबन्धन आए पनि एमालेले जित्ने गरि तयारी गरेर पुनः अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन लाग्नु पर्ने बताए ।

आज फागुन २१ गते तत्कालीन पन्चायति सरकारले ५ जना योद्धाहरुलाई मारिएको दिन सम्पर्क मन्चले स्मृति दिवसमा सम्मेलन गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित