८ कार्तिक २०८३, आइतबार

समृद्ध नेपाल, सुखी नेपालीको लागि गोलबन्द हुन एमाले अध्यक्ष ओलीको अपील

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा बहुसाँस्कृतिक विशेषताहरु मौलिक पुँजी भएको बताएका छन् ।

बिहीबार शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले एकता र सहिष्णुताको यस विशेषतालाई देश निर्माणमा प्रयोग गर्नुपर्ने जनाएका छन् ।

‘हाम्रो संविधानले विविध भाषा,संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ,’ एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘विभिन्न समुदायका धार्मिक तथा साँस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपी, धर्म, संस्कृति सम्पदाको संरक्षण गर्दै आएको छ ।’

अध्यक्ष ओलीले सन्देशमार्फत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिका लागि गोलबन्द हुन पनि आग्रह गरेका छन् । ओलीले भनेका छन्, ‘समृद्ध नेपाल,सुखी नेपालीको राष्ट्रिय आकांक्षा प्राप्तिको अभियानमा गोलबन्द हुन म यस सुखद् अवसरमा सबैमा हािर्दक अनुरोध गर्दछु ।’